हस्तमैथुन गर्नेका लागि यो जान्न आवश्यक छ प्रकाशित मिति : 25 February, 2018 11:04 am काठमाडौं, १३ फाल्गुन बीबीसी। हस्तमैथुनलाई लिएर मानिसहरुमा कयौं भ्रम हुन्छन्। कयौं मानिसहरु यसलाई गलत भन्छन् भने कोही यसलाई सही भन्छन्। तर विज्ञानलाई यसलाई गलत मान्दैन। हस्तमैथुन स्वास्थ्यकालागि राम्रो र सामान्य मानिन्छ। हस्तमैथुनसँग सम्बन्धित केही रोचक प्रसंग हस्तमैथुन भनेको के हो ? आफूले आनन्द अनुभव गर्न आफ्ना गोप्य अंग छुने वा हल्लाउनुलाई हस्तमैथुन भनिन्छ। हस्तमैथुनका क्रममा मानिसले सुन्दर पलको कल्पना गर्छ र त्यसैका बारेमा सोच्छ। हस्तमैथुन गलत हो रु हस्तमैथुन गर्नु गलत होइन। यो आफूलाई आनन्दित पार्ने एक राम्रो प्राकृतिक तरिका हो। यसले तपाइँलाई खुशी र आनन्द दिलाउँछ। यो व्यक्तिको नितान्त निजी विषय हो। तर, सार्वजनिक स्थानमा हस्तमैथुन गर्नु गैर कानुनी हो। हस्तमैथुन युवा र युवती दुवैले गर्न सक्छन्। युवाहरु १७ वर्षपछि हस्तमैथुन गर्न रुची राख्छन्। स्वास्थ्यकालागि हस्तमैथुन हानिकार हो ? होइन। हस्तमैथुनले मानिसलाई अन्धो वा पागल बनाउँदैन। हस्तमैथुन गर्दा तपाइँको आँखा मुनि कालो हुँदैन। न यसले शारीरिक विकासलाई रोक्छ। वास्तविकता के हो भने हस्तमैथुन गर्दा तपाइँको तनाव कम हुन्छ र मानिसलाई खुशी राख्ने हार्मोन इण्डारफिंस रिलीज हुन्छ। जसले तपाइँलाई आनन्द बनाउँछ। हस्तमैथुनले निन्द्रा लाग्छ र तपाइँका गोप्य अंग सक्रिय बनाउँछ। सेक्स टोयको प्रयोग ठिक हो ? युवतीहरु हस्तमैथुनको समयमा आफ्नो गुप्तांगमा केही घुसाउँछन्। यो सेक्स टोय पनि हुनसक्छ। यस्तो गर्नु त्यतिबेलासम्म सुरक्षित नै मानिन्छ, जतिबेलासम्म तपाइँलाई कुनै कष्ट हुँदैन।