यस कारण बिचौलियाले नै खान्छन् तीन सय प्रतिशत नाफा

काठमाडौं / व्यापारीको सिन्डिकेट र सरकारको फितलो अनुगमनका कारण काठमाडौंका उपभोक्ताले कृषकले बिक्री गरेभन्दा तीन सय प्रतिशत बढी मूल्य तिरेर तरकारी उपभोग गर्नुपरेको छ ।

                                         तस्विर: बिजू मर्हजन

तरकारी उत्पादकदेखि उपभोक्तासम्म आईपुग्दा तरकारीको मूल्यमा करिब तीन सय प्रतिशत बढी मूल्यान्तर भेटिएको छ । किसानदेखि उपभोक्तासम्म आइपुग्दा पाँचभन्दा बढी तहमा नाफाखोरको जालोका कारण कृषकले कम र उपभोक्ताले बढी मूल्य तिर्नु परिरहेको छ ।

काभ्रेको किसानले २० रुपैयाँ प्रतिकेजीका दरले बिक्री गरेको काँक्रो काठमाडौंका उपभोक्ताले ६० रुपैयाँ प्रतिकेजीका दरले खरिद गर्ने गरेका छन् । किसानदेखि उपभोक्ताबीचको यो मूल्यान्तर २०० प्रतिशत हो । त्यस्तै, १० रुपैयाँ प्रतिकेजी बिक्री गरेको मुला ६० रुपैयाँका दरले खरिद गर्ने गरिरहेका छन् ।किसानदेखि उपभोक्तासम्म पुग्दा मुलको मूल्यमा पाँच सय प्रतिशत अन्तर देखिन्छ।, आजको राजधानी दैनिकले यो समाचार पहिलो पृष्ठमा छापेको छ ।


प्रतिक्रिया दिनुहोस्