भरियादेखि आरोही हुँदै पर्यटन ब्यावसायी सम्म [ भिडियो सहित ]

पुर्ण कुमार शेर्पा अर्थात् पिके शेर्पा। मानवीय गतिविधिले हिमाल फोहोर भइरहन्छ। त्यही हिमाललाई डेढ दशकदेखि सफा गरिरहेका छन्– पिके शेर्पा। हामीले हिमालमा मान्छे पठाएर पैसा कमाउने मात्र होइन, त्यसको सफाइमा पनि विशेष ध्यान दिनुपर्छ’ उनी भन्छन्, ‘नभए सेतो हिमालको सुन्दरता गुम्न समय लाग्दैन।’ताप्लेजुङको मैवा खोलामा ३५ वर्षअघि जन्मिएका थिए, पिके शेर्पा। १० जनाको परिवारमा र्हुिकएका पिकेको आर्थिक अवस्था ेनिकै कमजोर थियो। ‘केही जग्गा थियो तर त्यतिले वर्षमा तीन महिना पनि खान पुग्दैनथ्यो,’खान लाउन पनि धौ–धौ हुने।

उनको बाल्यकाल यस्तै परिवेशमा बितेको थियो। उनी भन्छन्। उनी महिनामा एकपटक मात्र स्कुल जान पाँउथे। १ घण्टाको दूरीमा स्कुल थियो । उनलाई आमाको सल्लाह थियो, ‘पढेर ठूलो मान्छे बनिँदैन। काम गर्नुपर्छ, स्कुल नजा।’ उनी घरमै बस्थे काम गरेर। १३ वर्षको उमेरदेखि नै उनले बोक्न टाढा–टाढा गएर अरुको भारी बोक्न थाले। ‘जापानिजको भारी बोक्नुपथ्र्यो,’ उनले भने। भारी बोकेर हप्तौँ हिँड्थे– इलाम, पाँचथर, तेह्रथुमतिर। भारी बोकेबापत दैनिक २० रुपैयाँ पाउँथे। त्यो पैसाले सहरबाट नुन, तेल बोकेर घर पुग्थे। बाँकी पैसा आमालाई दिन्थे। पैसा पाएपछि आमा खुसी हुन्थिन्। यसरी आप्नो विगतको कथा सुनाउदैं जाँदा उहाँलाई निकै भाबुक देखिन्थ्यो ।


उनै पुर्ण कुमार शेर्पा संग हाम्रो अरुण पोष्ट डटकमका पत्रकार लोकेश लिबाङले गरेकोे अन्तरंग कुराकानी बाँकी अंश भिडियोमा

http://https://youtu.be/G47LSLHyIXs

 

 


प्रतिक्रिया दिनुहोस्