लडेर मजदुरको मृत्यु प्रकाशित मिति : 9 May, 2018 8:58 pm ताप्लेजुङ समाचारदाता ताप्लेजुङ / ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ३ सिकैँचामा घर निर्माणका क्रममा लडेर एक मजदुरको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आफ्नै घरको गाह्रो लगाउने क्रममा लडेर घाइते हुनुभएका स्थानीय टुइजन बोखिम (लिम्बू) को ज्यान गएको हो । सोमबार दिउँसो काम गर्दागर्दै लडेर गम्भीर घाइते हुनुभएका ४९ वर्षीय बोखिमको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले जनाएको छ । मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो ।