दुई दिनदेखि सव अलपत्र

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ / जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गर्न ल्याइएको एक महिलाको सव दुई दिनदेखि अलपत्र परेको छ ।

                                      फाइल तस्विर

पोष्टमार्टमका लागि चिरफार गर्ने कर्मचारी नहुँदा जिल्लाको मेरिङ्देन २ सान्थाक्राकी सरिता विश्वकर्माको सव अस्पतालको सवगृहमा अलपत्र परेको हो । हालसम्म पोष्टमार्टम गर्दा सव चिरफारमा सङ्लग्न रहँदै आएका अस्पतालका कर्मचारी गणेश मल्लिक नहुँदा विश्वकर्माको सव समयमै पोष्टमार्टन गर्न  नसकिएको जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । डाक्टर लामाका अनुसार चिरफारको कार्य गर्दै आएका कार्यालय सहयोगी मल्लिक आफ्नो कार्यक्षेत्र रहेको सिरिजङ्घा गाउँपालिकाको तेल्लोक जानुभएकाले पोष्टमार्टमको कार्य रोकिएको हो ।

 


प्रतिक्रिया दिनुहोस्