पत्रकार महासङघले प्रदेशस्तरीय निर्वाचनलाई भव्य बनाइने

प्रयास लिम्बू
ताप्लेजुङ,/ नेपाल पत्रकार महासङघको प्रदेशस्तरीय निर्वाचन तथा महासङ्घ ताप्लेजुङ शाखाको आठौं साधारणसभालाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ । पत्रकार माहासङ्घ जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले आइतबार हुने प्रदेश निर्वाचन साथै शाखाको आठौं साधारणसभालाई व्यवस्थित र भव्यरुपमा सम्पन्न गर्ने निर्णय गरेको हो ।


देश सङ्घीय संरचनामा गएसँगै हुन लागेको पहिलो प्रदेशस्तरीय निर्वाचन आफैंमा ऐतिहासिक र महत्वपूर्ण भएको शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । ऐतिहासिक प्रदेश निर्वाचन र शाखाको साधारणसभालाई सानदार र भव्य बनाउन शाखा कार्यसमिति सक्रिय हुने र शाखाका साधारण सदस्य तथा सम्बन्धित सबैलाई सक्रिय सहयोगको आग्रह गर्ने बैठकले निर्णय गरेको पनि शाखा अध्यक्ष श्रेष्ठले जानकारी दिनुयभो ।

श्रेष्ठका अनुसार निर्वाचन र साधारणसभालाई थप व्यवस्थित बनाउन र सोहीअनुसार सम्पन्न गर्नका निम्ति शाखाका उपाध्यक्ष चन्द्र पन्दाक (प्रयास) को संयोजकत्वमा पाँच सदस्यीय एक उपसमिति समेत गठन गरिएको छ । सो उपसमितिले प्रदेश निर्वाचन र साधारणसभा सम्पन्न गर्नका लागि सम्पूर्ण व्यवस्थापनको कार्य गर्ने शाखाले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्