ओली-प्रचण्डबीच कुरा मिल्यो,केन्द्रीय समिति दुबैतर्फबाट बराबरी रहने प्रकाशित मिति : 3 May, 2018 8:00 pm काठमाण्डौं / एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकताको अन्तिम सहमति भएको छ। पार्टी एकताको विषयमा सहमति हुन बाँकी विषयहरुमा आज भएको एक्ला एक्लै वार्ताबाट दुबै नेताले अन्तिम सहमति जुटाएका हुन्। विवादित विषय मिलाउन ओली र प्रचण्डबीच आज विहान र अपरान्ह गरी दुई पटक एक्लाएक्लै वार्ता भएको थियो। फाइल तस्विर स्रोतको भनाई अनुसार, केन्द्रीय समिति दुबैतर्फबाट झण्डै बराबरी सदस्य राखेर पार्टी एकता गर्ने सहमति दुबै शीर्ष नेताबीच भएको छ। प्रधानमन्त्री ओली भोलि काठमाडौं बाहिर जाने कार्यक्रम रहेकाले उनी फर्केपछि एकता संयोजन समितिको बैठक बसि पार्टी एकताको मिति तोकिने स्रोतले जनाएको छ । बिहीबार बिहान एक घण्टा वार्ता गरेका ओली र प्रचण्डले अपरान्ह झण्डै तीन घण्टा लामो एक्लाएक्लै वार्ता गरेका थिए।ओलीसँगको विहानको भेटपछि प्रचण्डले एमाले बरिष्ठ नेता माधब नेपालसँगपनि झण्डै एक घण्टा लामो कुराकानी गरेका थिए।