विशेषज्ञ सम्मिलित टोलीले वुझाए गैंडा मर्नुको कारण प्रकाशित मिति : 2 May, 2018 7:04 am काठमाण्डौं / चितवन निकुञ्जमा पछिल्ला केही वर्षयता एकसिंगे गैंडाको चोरीसिकार झन्डै शून्यमा झरे पनि गैंडाको बढ्दो प्राकृतिक मृत्यु सरकार र विशेषज्ञका लागि चुनौती बनेको छ । प्राकृतिक कारणले मात्र अघिल्लो आर्थिक वर्षमा २५ वटा गैंडा मरेपछि सरकारले कारण खोज्न थालेको हो । निकुञ्जको मुख्य व्यवस्थापक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडाको प्राकृतिक मृत्यु बढ्नुको कारण अध्ययन गर्न भन्दै केही समयअघि विशेषज्ञसमेत सम्मिलित एक टोली चितवन निकुञ्जमा परिचालन गरेको थियो। प्राकृतिक कारणले टोलीले आव २०७३/७४ मा २५ गैंडा मरेको र त्यो क्रम अझै बढ्न सक्ने भन्दै सतर्क हुनुपर्ने सुझावसहितको प्रारम्भिक प्रतिवेदन विभागका महानिर्देशक मनबहादुर खडकासमक्ष पेश गरेको छ। टोलीमा विभागका इकोलोजिष्ट लक्ष्मणप्रसाद पौडेल र चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालसहित विज्ञहरु नरेस सुवेदी, कञ्चन थापा, भगवान दाहाल, कमल गैरेलगायत थिए।, आजको कान्तिपुरमा यो खबर छापिएको छ ।