नेपाल—भारत सीमामा संयुक्त सुरक्षा गस्ती प्रकाशित मिति : 1 May, 2018 8:58 am नवलपरासी / पश्चिम नवलपरासीको नेपाल भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिएको छ । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सीमा सुरक्षाकर्मीद्वारा सोमबार संयुक्तरुपमा सुरक्षा गस्ती गरिँदै । सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरले बताएको छ । तस्बिर: पुरुषोत्तम सुवेदी सीमा क्षेत्रमा हुँदै आएको चोरी, तस्करी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले यस्तो संयुक्त सुरक्षा गस्ती गरिएको सशस्त्र प्रहरी हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाशकुमार ढकाल जानकारी दिनुभयो । नेपाल—भारत दशगजा क्षेत्र नवलपरासीको पाल्हीनन्दन–२, गोपालपुर ५०५ नं पिलरदेखि शुरु भएको गस्ती पाल्हीनन्दन–६ गेर्मीस्थित पिल्लर नं ५०८ सम्म भएको सशस्त्र प्रहरी निरीक्षक ढकालले बताउनुभयो । सो संयुक्त सीमा सुरक्षा गस्तीमा भारतीय सीमा सुरक्षाकर्मीको नेतृत्व भारतीय एसएसबी ठुठीवारीका प्रहरी निरीक्षक रागबेन्द्र सिंह र नेपालतर्फ सशस्त्र प्रहरी, हरपुरका सशस्त्र प्रहरी निरीक्षक ढकालले गर्नुभएको थियो । सो संयुक्त सीमासुरक्षा गस्तीमा भारतीय एसएसबी ठुठीबारीका तर्फबाट ११ जना र नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरी हरपुरका १३ जना सुरक्षाकर्मीको सहभागिता रहेको थियो । रासस