विद्यालयमा फेसबुक र म्यासेन्जर बन्द

सल्लेरी / प्रदेश १ अन्तरगत सोलुखुम्बु जिल्लामा  एक सामुदायीक बिद्यालय छेस्काम माध्यमिक विद्यालयले कार्यालय समयमा फेसबुक र म्यासेन्जर बन्द गरेको छ । एभरेस्ट लिंकको सहयोगमा इन्टरनेट जोडेका विद्यालयले १० बजेदेखि ४ बजेसम्म अरु सबै चल्ने तर फेसबुक र म्यासेन्जर नचल्ने बनाएका हो ।

विद्यार्थीको कम्प्युटर शिक्षा र शिक्षकको अध्यापन सहजताका लागि इन्टरनेट जोडेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राई इन्टरनेटको सहयोगमा अध्यापनमा सहज भई शैक्षिक गुणस्तर वृद्धिका लागि जोडिएको बताउँछन् ।

प्रअ राईका अनुसार चाहिएको विषयवस्तु र नजानेको विषय इन्टरनेटमा खोज्दा पाइने भएकाले शैक्षिक गुणस्तरमा सुधार आउने अपेक्षा रहेको छ।, आजको गोरखापत्रमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्