राम्रो कार्य थाल्ने: मुख्यमन्त्री भट्ट

 

कैलाली / प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी गर्ने बताउनु भएको छ । सुदूरपश्चिमेली नेपाली समाज– भारत समितिको प्रथम महाधिवेशन आज यहाँ शुभारम्भ गर्दै उहाँले आफ्नो कार्यकालमा धेरै काम गर्न नसकिए तापनि रोजगारीका लागि भारत जाने बेराजगार नेपाली युवाको जमातलाई स्वेदेशमै रोजगारीको व्यवस्थापन गर्न आवश्यक कदम चालिनेमा जोड दिनुभयो ।

धनगढीमा बुधबार आयोजित सुदूरपश्चिमेली नेपाली समाज–भारतको प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रदेश–७ का मुख्यमन्त्री त्रिलोचन भट्ट । तस्बिर: तिलकराज ओझा

देशलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि स्वदेशमै श्रम र मिहेनत गर्नुपर्नेमा जोड दिंदै मुख्यमन्त्री भट्टले प्रदेश नं ७ लाई सफल बनाउन प्रवासी नेपालीको पनि अहम भूमिका रहने चर्चा गर्नुभयोे । प्रवासी नेपालीसंग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउदै मुख्यमन्त्री उहाँले भन्नुभयो, “यो चौकीदारलाई सफल पार्नका लागि तपार्इंहरुले पनि साथ दिनुपर्दछ र साथको लागि आग्रह गर्दछु ।”

धनगढीमा बुधबार आयोजित सुदूरपश्चिमेली नेपाली समाज–भारतको प्रथम महाधिवेशन उद्घाटन समारोहमा प्रदेश–७ का मुख्यमन्त्री त्रिलोचन भट्टलगायत । तस्बिर: तिलकराज ओझा

समितिका संयोजक दीपक प्रकाश मल्लले बेरोजगारको समस्या समाधानका लागि स्वदेशमै रोजगारको व्यवस्था गर्नु आवश्यक रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्