काठमाडौंमा भूकम्पको धक्का प्रकाशित मिति : 21 February, 2018 3:40 am ९ फागुन, काठमाडौं । बुधबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान २ बजेर २३ मिनेट जाँदा डल्लु आसपास केन्द्रविन्दु भएर ३.६ रिक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । खानी तथा भूगर्भ विभागले यो नयाँ भूकम्प नभएर ‘गोरखा भूकम्प’को परकम्प जनाएको छ । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि हालसम्म ४ रिक्टरभन्दा माथिका ४८९ परकम्प गएका छन् ।