चितवनमा १ लाख ९ हजार ३ सय ८३ जनाले गरे स्वास्थ्य बिमा

हिरालाल गुरुङ
चितवन /  इच्छाकामना गाउँपालिकामा स्थानिय तह स्वास्थ्य विमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ । आज दारेचोक स्वास्थ्यचौकी ,इच्छाकामना ४ कुरिनटारको हलमा अभिमुखीकरण तालिम सम्पन्न भएको हो । बिमा वोर्ड चितवनका दर्ता अधिकारी सिर्जना कार्की र विनोद शाहले अभिमुखीकरणको सहजीकरण गरेका थिए । उनिहरुले बिमाबाट हुने सेवा र प्रकृयाबारे सहभागीहरुलाई जानकारी दिएका थिए । कार्यक्रममा दर्ता अधिकारी सिर्जना कार्कीले चितवनको इच्छाकामना गाउँपालिकामा सबै भन्दा कम संख्याले मात्र स्वास्थ्य विमा गरेको बताइन् । इच्छाकामना गाउँपालिकामा अहिले सम्म ७८६ जननले मात्र स्वास्थ्य बिमा गरेको बताईन् । जिल्लाभर १ लाख ९ हजार ३ सय ८३ जना बिमित भईसेका छन । अहिले सम्म ४८ हजार ४ सय ४१ जनाले सेवा लिएको उनले बताईन् ।

कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले गाउँपालिका भित्र रहेका अतिविपन्न बर्गका समुदायहरुलाई सरकारले दिईने सेवा सु्विधामा जोड्ने प्रतिवद्धता गरिन् । उनले सरकारले तोकेको कुन अस्पतालमा सहज हुन्छ गाउँपालिकाले सहजीकरण गर्ने बताईन् । स्वास्थ्य बिमाका बारेमा नागरिकलाई बुझाउन सबै वडामा कार्यक्रम गरिने बताउदैँ अध्यक्ष गुरुङले अपांगता भएकाहरुलाई विमाबाट बञ्चित हुन नदिने प्रतिवद्धता पनि जनाईन् ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठ, प्रशासकीय अधिकृत नरहरि सापकोटा संघसंस्थाको तर्फबाट कुमार श्रेष्ठ, राजनैतिक दलका प्रतिनिधि लागायतले कार्यक्रममा बोलेका थिए । उनिहरुले स्पास्थ्य बिमामा सबै नागरिकलाई सहभागी गराउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । उनिहरुले बिमा कार्यक्रम संचालन भएको एक बर्ष बितिसक्दा पनि विकटता र बिमा बारे प्रस्ट बुझाई नभएका कारण बिमा गर्ने संख्या न्यून रहेको धारणा राखेका थिए । यसैबीच इच्छाकामना गाउँपालिकामा स्थानिय तह स्वास्थ्य विमा संयोजन समिति गठन गरिएको छ । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको संयोजकमा ७ सदस्यीय स्वास्थ्य विमा संयोजन समिति गठन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्