श्रीलङ्कामा खडेरीका कारण अझै पाँच लाख नागरिक प्रभावित

कोलोम्बो, श्रीलङ्का / श्रीलङ्काका विभिन्न १० जिल्लामा लामो समयदेखि पानी नपर्दा करिब पाँच लाख मानिसले खानेपानी तथा बाली लगाउन नपाएका श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ । देशको उत्तरी, उत्तरपश्चिमी, र पूर्वी क्षेत्रमा रहेका विभिन्न १० जिल्लामा खानेपानीको चरम अभाव देखिएको छ ।

खडेरीका कारण उत्तर पश्चिमी प्रान्तको पुताला जिल्लाका दुई लाख १६ हजार नागरिक खानेपानीको चरम अभाव झेलेका छन् भने उक्त क्षेत्रमा लगाइएका तरकारी तथा अन्य हिउदे बाली समेत सुकेका बताइएको छन् । डिएमसीका प्रवक्ता प्रदीप कोदिप्पिलीले सिन्ह्वालाई भन्नुभयो, “खडेरीले खानेपानीको अभाव तथा खेतीबालीलाई सखाप पारेको छ ।” उहाँले देशको दक्षिणी, मध्य तथा पश्चिमी भूभागमा भने केही समय यता बर्षा भएकाले किसानले राहतको अनुभूति गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्