ताप्लेजुङको फुङलिङमा घरको छतबाट खसेर बालकको ज्यान गयो प्रकाशित मिति : 26 September, 2023 2:53 pm ताप्लेजुङ – ताप्लेजुङको फुङलिङमा घरको छतबाट खसेर बालकको ज्यान गएको छ । नेपाल बैँक छेउमा फुपु अरुणिमा लिम्बूसँग बस्दै आएका ७ वर्षीय बालक अंकित लिम्बूको सोमबार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ९डिएसपी० राजन लिम्बुले जानकारी दिनुभयो । डिएसपी लिम्बुका अनुसार ३ तला छतमाथि साथीहरुसँग फुटबल खेल्ने क्रममा बालक लडेका थिए । फुटबल छतबाट खसेको र रेलिङबाट चढेर हेर्ने क्रममा चिप्लेर लडेको स्थानीयले बताएका छन् । छतबाट लडेर गम्भिर घाईते भएका उनलाई अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषणा हो । बालकको टाउकोमा चोट लागेको थियो । मिक्वाखोला गाउँपालिका ४ साँबाका बालक लिटल बुद्ध ईङलिस बार्डिङ स्कुलमा अध्ययन गर्दै थिए । कानुनी प्रक्रियाका लागि शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।