कोशी सरकार विवाद : पूर्ण इजलासमा पठाउन सर्वोच्चको आदेश

काठमाडौं : कोशी सरकारको वैधानिकताबारेको विवादको छिनोफानो अब सर्वोच्च अदालतको पूर्ण इजलासबाट हुने भएको छ। 

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार आदेश दिँदै मंगलबारको पूर्ण इजलासमा पेशी तोक्नेगरी आदेश दिएको हो।  ‘निवेदनको विषयवस्तु हेर्दा जटिल कानुनी प्रश्न समावेश भएको देखिएको र त्यसको निराकरण पूर्ण इजलासबाट हुन उपयुक्त देखिएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २३ (२) (ग) बमोजिम मिति २०८०/०४/०९ गते पूर्ण इजलासमा पेश हुनेगरी पेशी तोकी नियम बमोजिम गर्नू’, आदेशमा उल्लेख छ।

सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरी सरकार गठन गरिएको भन्दै नेकपा एमालेले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गरेको छ। 


प्रतिक्रिया दिनुहोस्