ताप्लेजुङमा विपद्बबाट बच्न कृत्रिम अभ्यास

ताप्लेजुङ । ताप्लेजुङमा विपद् सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ ।

जिल्लाको सदरमुकाम फुङलिङ स्थित भिमकाली गुल्ममा नेपाली सेना सहित जिल्लाका सुुरक्षा निकायले विपद् उद्धार नमुना अभ्यास गरेका हुन् ।

गर्मीयामको सुरुवातसँगै बाढी पहिरो र आगलागिको उच्च जोखिम रहेकाले विपद् न्यूनीकरण अभ्यास तथा उद्धारका साथै प्राथमिक उपचारमा के–कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नेपालि सेनाले विपद् व्यवस्थापन नमुना अभ्यास गरेको हो ।

अभ्यासमा बाढीले घर बगाएर खोचमा परेका व्यक्तिको उद्धार साथै आगलागी पछि त्यसलाई कसरी तत्काल नियन्त्रण गरि क्षतीलाई कम गर्न सकिन्छ भन्ने कुरा अभ्यासमा देखाईएको थियो ।

अभ्यासले विपद्मा परेका नागरिकको जीउधनको सुरक्षामा ठुलो मद्दत पु¥याउने बताइएको छ भने विपद् कसैलाई सोधेर नआउने भएकाले सबैले सावधानी अपनाउन जरुरी रहेको सन्देश प्रवाह गरेको छ।

विपद् परेको अवस्थामा समुदायमा रहेका साधारण जनतालाई प्रयोग गरी घाइतेको उद्धार गर्न दक्ष बनाउने उद्देश्य नमुना अभ्यास नमुना प्रदर्शन गरिएको नेपाली सेनाले जनाएको छ ।

आगलागी जन्य विपद्का घटना आइपरेको खण्डमा प्रारम्भिक चरणमा गरिने खोज, उद्धार र प्रभावितलाई पु¥याउन सकिने प्राथमिक उपचार सहयोग जस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको हो ।

विपद् पछिको खोज तथा उद्धारमा नेपाली सेनाले नमुना अभ्यास गरेका थिए भने विपद्मा परेकाहरूको उपचार व्यवस्थापन जिल्ला अस्पताल ताप्लेजुङ साथै रेडक्रशले राहत वितरण अभ्यास गरिएको थियो ।

त्यस्तै लिटलबुद्ध ईङ्लिस बोर्डिङ् स्कुलका राष्ट्रिय सेवा दल(एनसिसि)को तालिमप्राप्त बिद्यार्थीले ग्याँस सिलिण्डरबाट हुने आगलागीको जोखिम र जोखिम नियन्त्रणका उपायका बारेमा उपायहरु प्रस्तुत गरेका थिए ।

उद्धार टोलीमा नेपाली सेना,प्रहरी, सशस्त्र प्रहरी तथा एम्बुलेन्स, विपत् व्यवस्थापन सामग्री तयारी अवस्थामा थिए । जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र सम्बन्धित निकायका पदाधिकारीहरू जिल्ला प्रसाशन कार्यलय,नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी, जिल्ला रेडक्रस सोसाइटी ताप्लेजुङको समन्वय र सहकार्य रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्