मैवाखोलाद्धारा कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण प्रकाशित मिति : 23 May, 2023 5:44 pm ताप्लेजुङ । ताप्लेजुङको मैवखोला गाउँपालिकाले कञ्चनजंघा गुल्मलाई बिद्युतिय राईस स्टिमर वितरण गरेको छ । शसस्त्र प्रहरी बल,नेपाल १ नं. गुल्म,हेड क्वाटर,कञ्चनजंघालाई पालिकाले ५५ हजार रुपैँयाको बिद्युतिय राईस स्टिमर वितरण गरेको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताएका छन् । उनका अनुसार सो राईस स्टिमरले खाना विद्युतको सहायताले पाक्ने भएकाले,ग्यास र दाउराको खर्चको बचत,साथै खाना तातो र स्वस्थ्यकर भई रहने भएकाले शसस्त्र प्रहरीलाई फाईदा हुने उद्देश्यका साथ पालिकाले वितरण गरेको हो । यता शसस्त्र प्रहरी बल,नेपाल १ नं. गुल्म,हेड क्वाटर,कञ्चनजंघाका शसस्त्र प्रहरी नायव उपरिक्षक विनोद थापाले पालिकाले दिएको राईस स्टिमरले गुल्मलाई खाना बनाउन,तातो खाना खानको लागि सहज हुनुका साथै ग्यास र दाउरामा हुने खर्चको बचत हुने भन्दै पालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।