म सधैँ विद्यार्थीहरुको हितको लागि लड्ने छु : अर्जुन खिम्दीङ प्रकाशित मिति : 16 March, 2023 11:32 am ताप्लेजुङ । मिनी संसद्को रूपमा हेरिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आउँन अब केही दिन मात्र बाँकी छ । १४ औं वर्ष सम्म हुन्न नसकेको निर्वाचन आगामी चैत ५ गते हुने भएको हो । यो सँगै ताप्लेजुङमा पनि स्ववियु निर्वाचनको चअलपल बढ्न थालेको छ । जिल्लामा एक मात्रै पाथीभरा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि ६ वटा विद्यार्थी संगठन भए पनि दुई प्यानल बनाए स्ववियु निर्वाचनको मैदानमा उत्रिएका छन् । चार ओटा विद्यार्थी संगठन सम्मिलित प्यानल संयुक्त लोकतान्त्रीक वाम प्रगतिशील गठबन्धनको तर्फबाट सभापतिका लागि नेविसङ्घका अर्जुन खिम्दीङले उम्मेद्वारी दिएका छन् । सचिवका लागि अखिल क्रान्तिकारीबाट मोहन राई र संघीय विद्यार्थी युनियनबाट कोषाध्यक्षमा शुशिला शेर्पाले उम्मेद्वारी दर्ता गराएका छन् । भागबन्डा अनुसार सदस्यतर्फ नेविसंघ र अखिल क्रान्तिकारीले २–२, एकीकृत समाजवादी निकट अनेरास्ववियु र संघीय विद्यार्थी युनियनले १–१ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । नेविसङ्घबाट डोल्मा शेर्पा, विद्या देवान, अखिल क्रान्तिकारीबाट विजयदिप राई, राज गुरुङ, अनेरास्ववियुबाट खगेन्द्र दर्जी र संघीय विद्यार्थी युनियनबाट विसम लिङदेको उम्मेद्वारी परेको छ । आफ्नो प्यानलमा चार वटा विद्यार्थी संगठन भएको आफ्नो प्यानलको जित निश्चित भएको सभापति पदका उम्मेद्वार आर्जुन खिम्दीङ् बताउँछन् । यदि आफूले जितेमा क्याम्पसका हितका लागि गुणस्तरीय शिक्षा सँगै भौतिकदेखि आर्थिक सम्म पहल गर्ने उनले बताए । उने भने, ‘म सँधै पाथिभरा बहुमुखी क्याम्पस र विद्यार्थीहरुको हितको लागि नै लड्ने छु ।’ शिक्षाक्याम्पसका विद्यार्थीहरूका लागि विभिन्न प्रकारका शिक्षण सामग्रीको लागि विषेश पहल गरिने सभापति पदका उम्मेद्वार अर्जुन खिम्दिङले बताए । यो सँगै गुणस्तरीय शिक्षाको लागि पहल सँगै त्रिविको नियम अनुसार पठन पाठनको व्यवस्था मिलाउन पनि विषेश पहल गर्ने उनले बताए । भौतिक मुख्य कुरा विद्यार्थी क्याम्पस गएर मात्र हुँदैन उसलाई त्यहाँ बस्नका लागि गुणस्तरीय संरचनाको पनि आवश्यक परेको हुन्छ । त्यसैले क्याम्पसमा आवश्यक पर्ने फर्निचर लाई सुविधायुक्त बनाउन पहल गर्ने सभापतिका उम्मेद्वार अर्जुन खिम्दीङ बताउँछन् । उनले भने, ‘व्यवस्थित सभाहलको लागि पहल गर्ने पनि प्रतिवद्धता जनाएको छु यदि एक पटकलाई विद्यार्थी साथीहरूले भरोसा गरे पुरा गर्ने कोसिस गर्ने छु ।’ विद्यार्थी भर्नामा विद्यार्थीहरूलाई सहजताका लागि सहायता कक्षको व्यवस्था गर्नुका साथै क्याम्पसमा अध्ययनरत छात्राहरूका लागि छात्रा मैत्री शौचालयको व्यवस्था र फरक क्षमता भएका विद्यार्थीहरूका लागि प्राकृतिक अनुसार सहजताको वातावरणको व्यवस्थामा पहल गर्ने उनी बताउँछन् । यो सँगै क्याम्पस भित्रै पार्किङको व्याबस्थामा पनि विषेश जोड दिने उनको योजना रहेको छ । आर्थिकआर्थिक कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्तिको लागि पहल गर्ने खिम्दीङ बताउँछन् । उनले भने, ‘क्याम्पसको विधानमा उल्लेख भए बमोजिम विद्यार्थीहरूलाई छात्रावुत्तिका लागि सिफारिस गर्ने छु । यो सँगै निशुल्क अध्यायनका लागि जिल्लाको ९ वटै स्थानिय सरकारसँग अनुदान बजेटको व्यवस्था गर्न पहल गर्ने छु ।’ यो सँगै दलित समुदायको विद्यार्थी र फरक क्षमता भएका विद्यार्थीहरूका लागि कानुन बामोजिम निशुल्क अध्यायनको व्यास्थामा पहल गर्ने पनि उनले बताए । प्रविधिअहिलेको २१औँ सताब्दीको शिक्षा प्रणली प्रविधिमा धकेलीएको भन्दै शिक्षणलाई प्रविधिसँग जोड्नका लागि स्मार्ट बोर्ड र प्रोजेक्टरको व्यवस्थामा पहल गर्ने उनले सुनाए । संकायतग रुपमा पूस्तकालयको व्यवस्था गर्नुका साथै विद्युतीय पुस्तकालय ई-लाइबेरीको लागि पनि पहल गर्ने उनले बताए । यो सँगै फ्रि इन्टरनेटको व्यवस्थामा पनि विषेश केन्द्रीत हुने उनी बताउँछन् । विद्यार्थी भर्नालाई डिजिटल प्रणालीमा लागु गर्न अनलाई आवेदनको व्यवस्था गर्ने उनको प्रतिवद्धता रहेको छ । खेलकुद मन्छे शिक्षित भएर मात्र हुँदैन उ स्वास्थ्य हुन पनि अति जरुरी हुन्छ र मान्छे स्वास्थ्य हुनमा खेलकुदको ठुलो भूमिका रहने भन्दै खेलकुदका लागि विषेश पहल गर्ने उनले बताए । खेलमैदानको लागि पनि पहल गर्ने योजना रहेको खिम्दीङले बताए । आगामी चैत्र ५ गते हुने स्ववियुको लागि पाथीभरा बहुमुखी क्याम्पसमा ९ सय ८४ जना मतदाता रहेका छन् ।