मिस लिम्बू प्रतियोगिताको अडिसन काठमाडौंमा हुँदै प्रकाशित मिति : 15 February, 2023 1:55 pm काठमाडौं । मिस लिम्बू छैटौैं संस्करणको लागि काठमाडौं अडिसन आगामी फागुन ७ मा हुने भएको छ । सम्मान मिस लिम्बू प्रतियोगिताको लागि प्रतियोगीहरु छनौंट गर्न आयोजक याक्थुङ युथ एसोसिएसनले काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा मध्यान्ह १२ बजेबाट अडिसन गर्ने भएको हो । उक्त अडिसनका लागि अन्तिम समयसम्म पनि आवेदन दिन सकिने आयोजकले जनाएको छ । यसअघि पहिलो अडिसन गत माघ २८ गते धरानमा सम्पन्न भईसकेको छ । धरान अडिसनबाट १४ जना प्रतियोगिहरु छनौंट भएका थिए । लिम्बू समुदामयका युवतीहरुको सुन्दरता तथा क्षमताको परीक्षण गरिने यस प्रतियोगितामा एसईई उत्तर्णि गरि १७ देखि २६ वर्ष नकाटेका अविवाहित लिम्बू युवतीहरु सहभागि बन्न सक्ने कार्यक्रमका संयोजक तथा गायक रुकमान लिम्बुले जानकारी दिए । प्रतियोगिहरुलाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदीक्षा श्रेष्ठले कोरियोग्राफी गर्नेछिन् । साथै पुर्व मिस नेपालद्वय मान्ल्भिका सुब्बा, सुबिन लिम्बू भाषाविद यासेली योङहाङ र डि.बि आङबुङ लगायतले व्यक्तित्व बिकासको तालिम दिनेछन् । प्रतियोगिताको शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ । त्यस्तै, फस्ट रनर्सअपले एक लाख र सेकेन्ड रनर्सअप विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएका छन। सम्मान मिस लिम्बूको ग्राण्ड फिनाले आगामी चैत ११ गते शनिबार राजधानीको नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न हुँदैछ ।