ताप्लेजुङमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, १११३ ले लिए स्वास्थय सेवा प्रकाशित मिति : 30 January, 2023 6:20 pm ताप्लेजुङज् । ताप्लेजुङमा नि:शुल्क स्वास्थ्य शिविर समापन भएको छ । वि. एण्ड. सी. अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा ताप्लेजुङ जिल्ला अस्पतालमा हिजोबाट सुरु भएको दुईदिने नि:शुल्क स्वास्थ्य शिविर आज सम्पन्न भएको हो । हिजो बिहान ९ बजे देखि सुरु भएको शिविर बेलुका ५ बजेसम्म सञ्चालन भएको थियो भने, आज पति विहान ९ बजेबाट सुरु भएको उक्त शिविर बेलुकी ५ बजे सम्पन्न भएको हो । शिविरमा जम्मा एक हजार ११३ जनाले स्वास्थ्य सेवा लिएको शिविरका संयोजक तथा स्वयंसेवक सोसियल यूथ गाईजका अध्यक्ष लिलाराज पौडेलले जानकारी दिएका छन् । तस्विर : गंगा लिङ्खिम जसमा हिजो ४५८ जनाले स्वास्थ्य सेवा लिएका थिए भने आज दोस्रो दिन जम्मा ६२८ जनाले स्वास्थ सेवा लिएको पौडेलले बताए । शिविरमा मुटु रोग, क्यान्सर रोग, स्त्री रोग, हार्ड जोर्नी तथा नसा सम्बन्धी रोग, नाक, कान, घाटी सम्बन्धी रोगको उपचार भएको छ । शिविर फुङ्लीङ नगरपालिका, आठाराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका, सिदिङवा गाउँपालिका, सिरिजङघा गाउँपालिका, मेरिङदेन गाउँपालिका, पाथिभरा याङवरक गाउँपालिका, फक्ताङलुङ गाउँपालिका र जिल्ला अस्पतालको आयोजनामा सञ्चालन भएको हो । तस्विर : गंगा लिङ्खिम शिविरको संयोजक तथा स्वयंसेवक सोसियल यूथ गाईज रहेको थियो । शिविर विवादरहित शान्त वातावरणमा समापन भएको पौडेलले जानकारी दिए ।