पाँच बुँदे मागसहित संयुक्त विद्यार्थी सङ्गठनले त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रणलाई बुझायो ध्यानाकर्षण पत्र 

ताप्लेजुङ । संयुक्त विद्यार्थी सङ्गठनले त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यलयबाट विद्यार्थीहरूले प्राप्त गर्ने सेवा सुविधाहरू छिट्टो र छरितो साथै व्यवस्थित बनाउन ध्यानाकर्षण गराएको छ । सङ्गठनले ताप्लेजुङ जिल्लामा अवस्थित पाथिभरा बहुमुखी क्याम्पस मार्फत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खु काठमाडौँलाई पाँच बुँदे माग सहित ध्यानाकर्षण गराएको हो । 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयबाट विद्यार्थीहरूले प्राप्त गर्ने सेवा सुविधाहरुमा हुँदै आएको ढिला सुस्ती, परीक्षा र नतिजा प्रकाशनमा विकृति विसंगति हुँदै आएको ध्यानाकर्षण पत्रमा भनिएको छ । परीक्षा, रिजल्ट, विश्वविद्यालय र पनिकाको सेवा प्रवाह छिटो छरितो र व्यवस्थित बनाउन ध्यानाकर्षण गरिएको सङ्गठनले जनाएको छ । 

स्थानक तह चौथो वर्षको परीक्षा तालिका स्ववियु निर्वाचन र विद्यार्थीलाई परीक्षा तयारीको समय दिएर पुनरावलोकन गर्नु पर्ने, सबै तहका परीक्षा कार्यतालिका शैक्षिक क्यालेण्डर बनाएर सार्वजनिक गर्नुपर्ने, परीक्षा सकिएको तीन महिना पुरा भइसकेका सबै तहको रिजल्ट १५ दिन भित्र सार्वजनिक गर्नु पर्ने, परीक्षामा सामेल भएका धेरै विद्यार्थीहरू परीक्षा केन्द्र वा पनिकाको लापरबाहीले बिना कारण एक्सफेल देखाएको हुँदा यसलाई पुनरावलोकन गर्नुपर्ने र परीक्षा नियन्त्रण कार्यलयका सेवा सुविधाहरुलाई छिटो छरितो बनाउन अनलाइन सिस्टम लागू गर्नु पर्ने पाँच बुँदे माग राखेका छन् । 


प्रतिक्रिया दिनुहोस्