कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सहायक प्रजिअ भट्टराई निर्वाचित


ताप्लेजङ । कर्मचारी मिलन केन्द्र ताप्लेजुङको अध्यक्षमा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई निर्वाचित भएका छन् । शनिबार भएको केन्द्रको ११ औँ साधारण सभाले भट्टराईलाई मिलन केन्द्रको अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यस्तै कार्य समितिको उपाध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख प्रेम सुब्बा,सचिवका जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा सुरेन्द्रराज दाहाल,सहसचिवमा ताप्लेजुङ जिल्ला अस्पतालका दन्त चिकित्सक डाक्टर रञ्जना खड्का र कोषाध्यक्षमा जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख नवराज गिरी चयन भएका छन् ।

समितिका सदस्यहरुमा मालपोत कार्यालयका निमित्त प्रमुख निर्मल शेर्पा,नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक बिनोद गुरुङ,शिक्षा विकास तथा समन्वय ईकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई,जिल्ला निर्वाचन अधिकारी दिनेश खनाल र घरेलु कार्यालय ताप्लेजुङका निमित्त प्रमुख युवराज घोर्साइ सर्वसम्मत चयन भएका हुन् ।


मिलन केन्द्रका सल्लाहकार एवम् प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रेल र जिल्ला प्रहरि कार्यलका प्रहरि प्रमुख(डिएसपी) कैलाश राईले नवनिर्वाचित कार्य समितिलाई बधाई दिएका थिए । मिलन केन्द्रको नवनिर्वाचित कार्य समितिको पदावधि दुई बर्षको हुने छ । मिलन केन्द्र विभिन्न क्षेत्रमा रहेर काम गरि रहेका कर्मचारीहरुलाई एकै ठाउँमा जोड्ने उद्देश्यले स्थापना गरिएको संस्था हो ।


प्रतिक्रिया दिनुहोस्