राईटस्टेपले प्रदान गर्ने कमप्यूटर शिक्षाका लागि प्रवेशिका परिक्षा ३१६ बिद्यार्थी सहभागी

ताप्लेजुङ । राईटस्टेप एकेडेमी कपिलबस्तुले ताप्लेजुङ जिल्लाको फुलिङ्लिङ नगरपालिकाका २०० जना विद्यार्थीहरुलाई कमप्यूटर शिक्षा प्रदान गर्ने भएको छ । यसका लगि आज ३१६ जना बिद्यार्थीहरुले प्रवेशिका परिक्षा दिएका छन् ।

उक्त परीक्षा श्री भानु जना माविमा भएको हो । राईस्ट स्टेपले पाथीभरा कम्प्युटर सेन्टर सँग समन्वय गरि १ बर्षे कम्प्युटर सम्बन्धी शिक्षा प्रदान गर्न लागेको हो ।

प्रवेशिका परिक्षा दिने परिक्षार्थी ३१६ जना भएता पनि २०० जना विद्यार्थीहरुले मात्र शिक्षा लिन पाउने पाथिभर कमप्यूर सेन्टरका संयोजक सचिन शेर्पाले जानकारी दिएका छन् ।

शेर्पाका अनुसार यस संस्थाले दिएको कम्प्युटर शिक्षाको प्रमाणपत्रले १६० राष्ट्रमा काम गर्न सकिनेछन् । प्रवेशिका परिक्षाको नतिजा भने भोली बिहान ७ बजे प्रकाशन हुने छ ।


प्रतिक्रिया दिनुहोस्