फिफा विश्वकप २०२२ : क्रोएशियामाथि अर्जेन्टिनाको सानदार जित, फाइनलमा प्रवेश

एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएशियालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

जित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको हो। खेलमा अर्जेन्टिनाका लागि कप्तान मेस्सीले १ गोल गरेका थिए भने अल्भारेजले दुई गोल गरेका थिए । मेस्सीले खेलको ३४ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरेर अजेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसको ५ मिनेटपछि अर्थात खेलको ३९ औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनाको अग्रतालाई दोब्बर बनाए ।

त्यसैगरी, खेलको ६९ औँ मिनेटमा अल्वारेजले अर्को गोल गरेपछि अर्जेन्टिनाले खेल ३–० ले जितेको हो । अर्जेन्टिना सन् २०१४ पछि पहिलोपटक फाइनलमा पुगेको हो ।

फाइनलमा अर्जेन्टिनाले फ्रान्स या मोरोक्कोको सामना गर्नु पर्नेछ । विश्वकपको फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार ८ः४५ बजे शुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्