विश्वकप २०२२ : आज कुन-कुन देशबीच खेल हुँदै छ ?

एजेन्सी । कतारमा जारी विश्वकपमा केही टोली अन्तिम १६ मा पुगिसकेका छन् भने केही टोलीले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ । यस्तै आज समूह चरणका दुई खेल हुँदैछन् भने राति १२ बजेपछि अरू दुई खेल हुँदैछन् ।

आज राति ९:४५ मा समूह ‘एफ’ का चार टोली भिड्दैछन् । बेल्जियमले क्रोएसियाको सामना गर्दैछ भने क्यानडाले मोरक्कोको सामना गर्नेछ ।

यो समूहमा हाल क्रोएसिया समूहको शीर्ष स्थानमा छ भने मोरक्को दोस्रो स्थानमा छ । बेल्जियम एक खेलमा हार व्यहोर्दै तेस्रो स्थानमा हुँदा क्यानडा जितविहीन हुँदै समूहको अन्तिममा छ ।

यस्तै रातिको १२ बजेपछि पनि दुई खेल हुँदैछन् । एकै समय १२:४५ मा जापानविरुद्ध स्पेन र कोस्टारिकाविरुद्ध जर्मनी भिड्नेछन् । यो समूह ‘ई’ मा हाल अंकतालिकामा स्पेन एक जित र एक बराबरीसहित शीर्ष स्थानमा छ। यस्तै जापान एक जित र एक हारसहित दोस्रो स्थानमा छ ।

कोस्टारिका एक जित र एक हारसहित तेस्रो हुँदा जर्मनी भने एक हार र एक बराबरीसहित समूहको पुछारमा छ । यी दुवै टोलीको आज समूह चरणअन्तर्गतका अन्तिम खेल हुन् । आजको खेलले दुवै समूहको विजेता र उपविजेता टुङ्गो लगाउँदै अन्तिम १६ मा पुग्ने टोली तय गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्