ताप्लेजुङमा ५४.६८ % मत खस्यो


ताप्लेजुङ । आईतबार भएको प्रतिनीधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा ताप्लेजुङमा ५४.६८ % मत खसेको जिल्ला निर्वाचन कार्यलय ताप्लजुङका निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिए । उनका अनुसार ४८,३५५ जनाले स्थायी मतदान केन्द्रबाट र ६१९ जनाले अस्थायी मतदान केन्द्रबाट गरि कुल ४८,९७४ जना मतदाताले मतदान गरेका छन् । जुन कुल मतदाता संख्याको ५४.६८ % मत हुन आउँछ । स्थायी मतदान तर्फका ८८,२८५ र अस्थायी मतदान तर्फ १,२७९ गरि ताप्लेजुङमा ८९,५६४ जना मतदाता रहेका थिए ।

यसै बिच ताप्लेुङमा आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर २ फुलबारी मतदान केन्द्रमा एमाले र गठबन्धन बिच झडप भएको र स्थीतिलाई नियन्त्रणमा ल्याउन सेनाले दुई राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोख्रेलले बताए । उनका अनुसार झडपमा संलग्न ४५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको साथै झडप हुनु अघिसम्म भएको मतदानलाई सदर गर्दै मुचुल्का उठाएर मतपेटिका सदरमुकामतर्फ ल्याउने कार्य भईरहेको छ । छिटफुट घटना भएपनि त्यस्ता अप्रिय घटना भने नघटि निर्वाचन शान्तिपुर्ण तबरले सम्पन्न भएको प्रजिअ पोख्रलले बताए ।

फत्ताङलुङ गाउँपालिका वडा नम्बर ६ र ७ को बाहेक अन्य स्थानको मतपेटीका सिलिङ गर्ने र संकल गर्ने कार्य भई रहेको र नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरामा सदुमुकाम फुङलिङतर्फ मतपेटिका ल्याउने कार्य भई रहेको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । फत्ताङलुङ गाउँपालिका वडा नम्बर ६ र ७ को मतपेटिका भने सोमबार मात्रै हेलिकप्टर मार्फत ल्याईने र सबै तिरको मतपेटिका संकल भईसकेपछि सोमबार बाट नै मत गणना सुरु गरिने निर्वाचन अधिकारी खनालले बताए ।

एक प्रतिनीधि र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा प्रतिनीधि सभा तर्फ ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । त्यस्तैगरि प्रदेश सभातर्फ क्षेत्र नम्बर क तर्फ ७ र क्षेत्र नम्बर ख तर्फ ८ जना उम्मेदवार प्रत्यक्ष चुनावी मैदानमा छन् ।


प्रतिक्रिया दिनुहोस्