व्याजदर वृद्धिको विरुद्धमा उद्योग वाणिज्य संघ ताप्लेजुङद्धारा अर्थ मन्त्रीलाई ज्ञापन पत्र

ताप्लेजुङ । बैंक व्याजदर वृद्धिको बिरोधमा देश भर आन्दोलन भई रहेको समयमा यसको विरुद्धमा उद्योग वाणिज्य संघ ताप्लेजुङले अर्थ मन्त्रीलाई सम्बोधन गर्दै ज्ञापन पत्र बुझाएको छ । आज जिल्ला प्रसाशन कार्यलय ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारी मार्फत अर्थ मन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।
उद्योग वाणिज्य संघ ताप्लेजुङका अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बु हस्ताक्षरित विज्ञप्तीमा कोभिड १९ कारण आर्थिक गतिविधिमा आएको शिथिलताले राजगारीहरु न्युन हुन गई कम आय भएका मानिसको जिवन कष्टकर भएको, साथै गरिबी र असमानता बढेर गएको र हाल कोभिड खोपको उपलब्धता सँगै आर्थिक गतिविधि सामान्यतर्फ फर्किदै गरेको अवस्था भएको व्याजदर वृदि उद्योगी व्यवसायी मजदुर कसैको पक्षमा नभएको भन्दै तत्काल व्याजदर घटाई उद्योगी व्यवसायीलाई पलायन हुनबाट रोकी सहज बातारण सिर्जना गर्न माग गरिएको छ ।
यस अघि बैंक व्याजदर विरुद्ध नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश १ ले बैंक तथा वित्तीय संस्थाविरुद्ध आन्दोलनको घोषणा गरि सकेको छ ।

हेर्नुहोस ज्ञापनपत्र :


प्रतिक्रिया दिनुहोस्