मर्न तयार छु, जनतालाई धोका दिन्न : पराग प्रकाशित मिति : 8 November, 2022 3:47 pm मतदातासँग भोट माग्दै ताप्लेजुङबाट प्रतिनीधि सभाका उम्मेदवार पराग ताप्लेजुङ । पलपल मृत्युबाट बच्न सफल दश वर्षे जनयुद्धको एक इतिहास हो पराग (खेल प्रसाद बुढाक्षेत्री)। अन्याय र अत्यचारका विरुद्धमा जिवनलाई आहुती दिन तयार भएर उनि युद्धमा होमिए । मंसिर ४ गते हुन गई रहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा ताप्लेजुङबाट गठबन्धनको तर्फबाट माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा ताप्लेजुङ जिल्ला ईन्चार्ज पराग प्रतिनीधि सभाका लागि उम्मेदवार रहेका छन् ।परागले आफु मर्न तयार रहको तर जनतालाई कदापी धोका नदिने बताएका छन् । कसैले राम्रो काम गर्दा मार्छन भने मर्न तयार रहेको तर जनतालाई धोका नदिने र समग्र जिल्लाबासीको ईज्जतमा आँच आउने काम नगर्ने उनको भनाई छ ।उनले भने “समाज परिर्वनका लागि मृत्युलाई स्विकारेर जनयुद्धमा होमिएको एक योद्धा, बरु मर्न तयार हुन्छ , जनतालाई धोका दिन कदापि सक्दैन ।”साथै उनले आफुले धेरै कमाउने सपना नबोकी समग्र जिल्ला र देशको विकासका निम्ति दृढ भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उनले भने,“ मर्ने बेलासम्म केहि कमाउन सकिन भने बुबाले बनाएको घर छ त्यहि फर्किएर मर्ने छु तर ठुलो महलको आशा राखेको छैन चाहना राखेको छैन ।तर यो समाज बदल्ने उत्कट चाहना राखेको छु उत्कट विचार बोकेको छु । यो समाज आर्थिक हिसाबबाट सामाजिक साँस्कृतिक हिसाबबाट बदल्नु पर्छ भन्ने मmु उद्देश्यका साथ उम्मेदवारी दिएको हुँ ।”ताप्लेजुङ जिल्लाको सिरिजङ्घा गाउँपालिका पेदाङमा जन्मिएका पराग माओवादी आन्दोलनका सशक्त योद्धा हुन् । सामान्य परिवारमा जन्मिएका परागको बाल्यकाल गाउँ मै बित्यो । उनले कक्षा सातसम्म पेदाङको राष्ट्रिय मा.वि.मा अध्ययन गरे भने माध्यमिक तहको अध्ययन सिनामको सिनाम मा.विबाट गरे । २०४६ सालमा सिनाम गएका उनले सिनाममा अध्ययन गर्दा देखि नै राजनीतिमा होमिए ।तत्कालिन अनेरास्ववियूको एकाई कमिटिमा सामेल भए । जब उनि राजनीतिमा चासो राख्दै गए तब समाजमा विद्यमान अन्याय, शोषण,दमन र अत्याचार विरुद्ध आवाज उठाउनु पर्छ भन्ने कुरा बुभ्mदै गए ।सिनाममा अध्ययन गर्दा उनि अनेरास्ववियूको प्रारम्भिक कमिटीको अध्यक्ष भए त्यसपछि उनि अनेरास्ववियू जिल्ला सहसचिव भए । उच्च शिक्षाका लागि काठमाडौं पुगेका परागले आर्थिक अभावका कारण ईन्जिनियरिङ अध्ययन गर्न नसक्ने भएपछि धरान फर्केेर विज्ञान विषय अध्ययन गर्न थाले ।धरानको हात्तिसार क्याम्पसमा अध्ययन गर्दा उनि अनेरास्ववियू एकाई कमिटी अध्यक्ष हुँदै स्ववियू चुनावमा भाग लिई उपसभापतिमा निर्वाचित भएका थिए । त्यसपछि उनि अनेरास्ववियू सुनसरि जिल्ला सदस्य पनि भएका थिए ।आफ्नो अध्ययनलाई अगाडी बढाउन आर्थिक सकस भएकोले उनि खर्च जुटाएर मात्रै अध्ययनलाई निरन्तरता दिने सोचका साथ गाउँ फर्केर गाउँमै अध्यापन गराउन थाले ।आर्थिक अभावलाई झेल्दै अघि बढेका उनले विज्ञान विषय अध्ययन गर्ने सपनालाई त्याग्ने स्थितिको सृजना भयो । पछि उनले ईलामबाट आफ्नो अध्ययनलाई अगाडी बढाए ।वामपन्थी आन्दोलनमा सहभागी भएको ३२ वर्ष र माओवादी पार्टीमा पूर्णकालीनको रुपमा लागेको २० वर्षको अनुभव संघालेका पराग कृषि क्रान्तिलाई र पर्यटन प्रवद्र्धन विकासमा जोड दिन सके मात्रै समाजको विकास गर्न सकिने बताउँछन् । हालसम्म जिल्ला मै रहेर जिल्लाबासीको समस्या आफुलाई थाहा भएकोले पनि आफु निर्वाचित भए पश्चात समग्र जिल्ला विकासका लागि अघि बढ्ने उनको भनाई छ । मतदातासँग भोट माग्दै ताप्लेजुङबाट प्रतिनीधि सभाका उम्मेदवार पराग