फोनिजको १ नं प्रदेश स्तरीय तेस्रो प्रादेशिक भेला ताप्लेजुङमा सुरु

ताप्लेजुङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को १ नं प्रदेश स्तरीय तेस्रो प्रादेशिक भेला ताप्लेजुङ सदरमकाम फुङलिङमा मंगलबारबाट सुरु भएको छ ।

असोज ११ देखि १३ गते सम्म ताप्लेजुङको फुङलिङमा हुने ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसर पारेर तीन महिने सुद्रिढीकरण अभियान अन्र्तगत प्रादेशिक भेला सुरु भएको हो । भेलाको उद्घाटन १ नं प्रदेशका उद्योग,श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले गरेका हुन् ।

कार्यक्रममा १ नं प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन, जिसस उपप्रमुख कृष्णप्रसाद लिङखिम,बिभिन्न पालिकाका अध्यक्षहरु,प्रमुख जिल्ला अधिकारी महेशकुुमार पोखरेल सहित सुरक्षा निकायका प्रमुखहरु, फोनिजका संघीय अध्यक्ष गजुरधन राई लगायतका केन्द्रका पदाधिकारी तथा सदस्यहरु, फोनिजका बिभिन्न जिल्लाका कार्य समितिमा आवद्ध अगुवाहरु,फोनिजका अग्रज व्यत्तित्व कौशल चेम्जोङ लगायतका व्यत्तित्वहरु,बिभिन्न जातीय संस्थाका अगुवाहरुको सहभागिता रहेको थियो ।

लिम्बू जातिको च्याब्रुङ नाचबाट कार्यक्रमको सुरुवात गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्