दसैँका लागि आजबाट नयाँ नोट साट्न सकिने प्रकाशित मिति : 14 September, 2022 8:56 am काठमाडौं । आजदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट दसैँका लागि नयाँ नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि उपत्यकाभित्रका सर्वसाधारणले दसैँका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ नोट साट्न पाउनेछन् । उपत्यकाबाहिरका सर्वसाधारणले भने असोज २ गतेदेखि साट्न पाउने राष्ट्र बैंकले जनाएको छ । नेपालका अनुसार हिजो मंगलबारसम्म २५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई २ अर्ब रुपैयाँ बढी नयाँ नोट वितरण गरिएको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोट लग्ने क्रम जारी नै छ । सर्वसाधारणले राष्ट्र बैंकको कार्यालय, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट नयाँ नोट साट्न सक्नेछन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बढी २ पटकसम्म नयाँ नोट वितरण गर्ने बताइएको छ । बैंकहरुलाई बढीमा असोज ७ गतेसम्म नयाँ नोट दिइने र सर्वसाधारणले असोज १४ गतेसम्म नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुुसार प्रतिव्यक्तिले ५, १०, २०, ५० र १०० दरका गरी कुुल १८ हजार ५ सय रुपैयाँ नयाँ नोट सटही गर्न सक्नेछन् ।