म्यानचेस्टर युनाइटेडको हारपछि सिटी प्रिमियर लिग च्याम्पियन

म्यानचेस्टर, २ बैशाख /  म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आइतबार अंक तालिकाको पुछारमा रहेको ब्रुमविचसँग १-० ले पराजित भएको छ । युनाइटेडेको हारसँगै सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ । शनिबारमात्र सिटीले टोटेनह्यामलाई ३–१ ले हराएको थियो ।

युनाइटेडले सिजनका बाँकी सबै ५ खेल जितेपछि सिटीलाई भेट्ने छैन । ३३ खेलपछि सिटीको ८७ अंक छ भने युनाइटेडको १६ अंक कम ७१ अंक छ । ७३ औं मिनेटमा जोय रोड्रिगेजले गरेको गोलमा वेस्टब्रुमबीचको जित पक्का भएको थियो । वेस्टब्रुमबीच जितपछि पनि २४ अंकसहित तालिकाको पुछारमा छ । आइतबारकै अर्को खेलमा आर्सनल न्युक्यासलसँग २–१ ले पराजित भएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्