प्रतिनिधि सभा निर्वाचनका लागि अछाम क्षेत्र नं १ बाट भीम रावल सिफारिस प्रकाशित मिति : 5 September, 2022 9:02 am काठमाडौं । नेकपा एमालेका नेता भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस भएका छन् । एमाले अछामले क्षेत्र नं १ बाट रावलको मात्रै नाम सिफारिस गरेको हो । रावल २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी २०५१ र २०७० को निर्वाचनमा निर्वाचित भएका थिए । २०६४ को संविधानसभामा भने उनी समानुपातिक तर्फबाट सांसद बनेका थिए । दसौं महाधिवशेनमा एमाले अध्यक्षमा पराजित भएका रावल पार्टीको कुनै पनि जिम्मेवारीमा छैनन् । उनले पार्टीको सल्लहाकार पद स्वीकारेका छैनन् । महाधिवेशनमा उपाध्यक्ष बस्न ओलीले दिएको निर्देशन नमानी उनी अध्यक्षको चुनाव लडेका थिए । अछाम क्षेत्र नं २ मा एमालेले यज्ञ बोगटीको नाम सिफारिस गरेको छ । दुवै क्षेत्रका उम्मेदवारको नाम सर्वसम्मत रुपमा गरेको एमाले अछामका अध्यक्ष चन्द्र बोहोराले बताए ।