नेपालि कांग्रेस ताप्लेजुङको क्षेत्र नं. ‘ख’ को प्रदेश सभा सदस्यको उम्मेद्बारीमा हाङगामको नाम सिफारीस

ताप्लेजुङ । नेपाली कांग्रेस तालेजुङले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ताप्लुङको प्रदेश निर्वाचन क्षेत्र नं. खको प्रतक्ष तर्फकोे उम्मेदारमा खगेन सिं हाङ्गामको नाम सिफारिस भएको छ ।

आज बसेको क्षेत्रीय बैठकले हाङ्गामको एकल नाम सिफारिस गर्ने भएको श्रोतले जनाएको छ । पार्टीले एक महिला सहित तीन जनाको नाम सिफारिस गर्ने अधिकार भए पनि एकल नाममा सहमती भएको श्रोतले जनाएको हो ।

समानुपातिकमा भने सात जनाको दावी रहेको छ । यता प्रदेश नम्बर एकले भने भोलि मात्रै सिफारिस गर्ने भएको छ । आज आकाक्षीहरुको नाम संकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्