अब विदेशी नागरिक नेपालबाट तेस्रो मुलुकमा जान नपाउने प्रकाशित मिति : 24 August, 2022 8:32 am काठमाडौं । सरकारले विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान नपाउने निर्णय गरेको छ । भदौं ६ गते सोमबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो । मन्त्रीपरिषद बैठकले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सचिवमा बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय पनि गरेको मन्त्री कार्कीले बताए । साथै फौजदारी कसुर दोस्रो संशोधन नियमावली २०७८, विद्युती सुशासन आयोग गठन तथा संचालन आदेश २०७९ स्विकृत गरिएको छ ।