संघीय र प्रदेश निर्वाचनका लागि नेकपा एसले टुङ्ग्यायो ताप्लेजुङ जिल्लाबाट उम्मेदवारहरूको नाम प्रकाशित मिति : 20 August, 2022 10:35 am ताप्लेजुङ । आगामी मंसिर ४ गते हुन लागेको संघीय तथा प्रदेश निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ताप्लेजुङ जिल्लाबाट सर्वसम्बत उम्मेदवारको सिफारिस गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ हर्क यक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराई रहेका छन् । यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ अम्बिका राजभण्डारी, डम्बरबहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाँईलाई सिफारिस गर्ने निर्णय भएको छ । यस्तै प्रदेश निर्वाचन क्षेत्र नं। ‘क’ मा शम्भु गौतम, डालकुमार गुरुङ, सुनिता मादेनलाई सिफारिस गरेको छ। क्षेत्र नं। ‘ख’ मा खेमबहादुर वनेम, मञ्जु भट्टराई र ठाकुर सिंह नाल्बोलाई सिफारिस गरेको छ । प्रदेश समानुपातिकतर्फ निता शिवा, रामचन्द्र पोमु, देवीमाया नेपाली र अम्बर लोहारको नाम पठाइएको छ ।