भारतबाट घटेर आए पनि नेपालमा पेट्रोलको मूल्य नघट्ने प्रकाशित मिति : 17 August, 2022 7:34 am काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसलाई चार महिनादेखि बाँकी भुक्तानी दिन नसकेको बताउदै इन्धनको मुल्य घटेर आएपनि नेपालमा यथावत रहने बताएको छ । मंगलबार आयल निगमले पत्रकार सम्मेलन गर्दै इन्धनको मूल्य नघटाउने बताएको हो । भारतबाट मुल्य घटेर आएपनि अहिले निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ नाफामा र डिजेलमा ५ रुपैयाँ घाटामा रहेको जनाएको छ । त्यसैगरी, एलपी ग्यासमा प्रति सिलिन्डर ४९९ रुपैयाँ घाटामा रहेको बताउदै निगमलाई मासिक करिब ६२ करोड अझै घाटा रहेको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।