पाथिभरा दर्शन गरि र्फकने क्रममा एक दर्शनार्थीको मृत्यू प्रकाशित मिति : 15 April, 2018 6:51 pm ताप्लेजुङ संवादाता ताप्लेजुङ / ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको दर्शन गरि फर्कने क्रममा एक जना तिर्थ यात्रीको वाटैमा मृत्यु भएको छ । पनौति नगरपालिका काभ्रेका ५८ वर्षिय राम हरी खत्रिको मृत्यु भएको हो । आज विहान पाथिभराको दर्शन गरि र्फकने क्रममा माथिल्लो फेदिमा आईपुग्दा स्वास प्रसावसको समस्या भएको र सोहि स्थानमा प्राथमिक उपचार गरि जिल्ला अस्पताल ल्याउने क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जनाएको छ । फाइल तस्विर । मृतक खत्री आफ्नी श्रीमती र दाजु सहितको पारिवारीक टोली सँगै पाथिभरा दर्शनका लागि आएका थिए । शवलाई काभ्रे लैजाने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जनाएको छ । यो समयमा पाथीभरा मन्दिरमा नेपाल संगै भारत, वंगलादेश, लगाएतका देशका तिर्थालुको घुइँचो लाग्ने गर्छ । पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको छ । – पदम श्रेष्ठ