१७औं साधारण सभा तथा चौथो अधिवेशन गर्दै ताप्लेजुङ सरोकार केन्द्र प्रकाशित मिति : 15 August, 2022 7:42 am काठमाडौं । ताप्लेजुङबाट काठमाडौं उपत्यकामा आर्इ विभिन्न पेसा व्यवसायमा संलग्न ताप्लेजुङवासीहरुको साझा छाता संस्था ताप्लेजुङ सरोकार केन्द्र १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गर्दैछ । ताप्लेजुङबासीहरुबीच आपसी सहयोग, एकता तथा हार्दिकताको अभिवृद्धि गर्दै दुःख–सुखको साथी बन्ने र जिल्लाको विकासमा टेवा पु¥याउने उद्देश्यले स्थापना भएको उक्त सरोकार केन्द्रले भदौं १६ गते बिहिबार १७औं साधारण सभा तथा चौथो अधिवेशन गर्ने भएको छ । दिनको १ः०० बजेबाट होटल हार्दिक बागबजारमा सुरु हुने उक्त साधारण सभाले नयाँ नेतृत्वको चयन गर्ने केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले जानकारी दिएका छन् । साथै सभामा “ताप्लेजुङ सरोकार केन्द्र कला पुरस्कार” वितरण, काठमाडौंमा क्रियाशील जिल्लाका सामाजिक संघसंस्थालाई प्रशंसापत्र वितरण, र आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिने उनले बताए । साधारणसभा तथा अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने साउन १७ गते बसेको केन्द्रको कार्य समिति बैठकले १५१ सदस्यीय अधिवेशन तयारी समिति समेत गठन गरेको छ । यसअघि सरोकार केन्द्रले वनभोज, मेला, महोत्सव, पदयात्रा, ताप्लेजुङ साँझ, देउसी–भैलो, शुभकामना आदान–प्रदान लगायतका कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस्तै बाढी–पहिरो, आगलागी जस्ता दैवी प्रकोप लगायतका जिल्लावासीको दुःखमा ताप्लेजुङ सरोकार केन्द्र साथी बनेको साँवाले बताए । यस्तै अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि निम्नानुसारका समिति तथा उप समितिहरु पनि गठन गरिएको छ । व्यवस्थापन समितिअध्यक्ष : टंक श्रेष्ठबलबहादुर तामाङनन्दु वनेमपदमजंग आङबुहाङडण्डु लामालोजक लामाचुडामणी गिरीभक्ती भट्टराईमहेन्द्र पालुङवासचिव सन्तोष मादेन विधान संशोधन मस्यौंदा समिति जिवन राई ‘चिन्तन’जिवन बस्नेत प्रचार उपसमितिसंयोजक : पदमजंग आङ्बुहाङचुडामणी गिरीप्रेमहाङ वनेमग्याम्जू शेर्पादिपा परियारहिमा कडरियाधनजीत साँबाराजेन्द्र श्रेष्ठनिरोज लिवाङरोशनी माबोचक्र श्रेष्ठ स्वयम्सेवक उपसमिति संयोजक : निरोज लिवाङसचिव रुपा आङबुहाङ आर्थिक उपसमिति मिङमा डण्डु लामाभक्तिराज भट्टराईलोजक लामापदमजंग आङबुहाङ (कार्यालय)