विश्वभर जोन्सन बेबी पाउडरको बिक्री बन्द हुने

एजेन्सी । जोन्सन एन्ड जोन्सन कम्पनीले सन् २०२३ मा विश्वभर बेबी पाउडरको बिक्री रोक्ने निर्णय गरेको छ । कम्पनीले बिहीबार उक्त जानकारी दिएको हो ।

दुई वर्षअघि कम्पनीले अमेरिकामा बेबी पाउडरको बिक्री बन्द गरेको थियो । अमेरिकामा हजारौँ ग्राहकले मुद्दा दायर गरेपछि कम्पनीले यो निर्णय गरेको हो ।

कम्पनीले सन् २०२० मा अमेरिका र क्यानडामा ट्याल्कमा आधारित बेबी पाउडर बिक्री गर्न बन्द गरेको थियो । कम्पनीविरुद्ध ३८ हजारभन्दा बढी मुद्दा चलिरहेका छन् । धेरै महिलाले बेबी पाउडर प्रयोग गरेपछि पाठेघरको क्यान्सर भएको दाबी गरे ।

अमेरिकी नियामकहरुले पनि उक्त कम्पनीको बेबी पाउडरमा क्यान्सर गराउने तत्व फेला पारेको दाबी गरेका छन् । तर, कम्पनीले यी आरोप अस्वीकार गर्दै आएको छ ।

कम्पनीले उत्तरी अमेरिकामा घट्दो बिक्रीका कारण उक्त उत्पादन बन्द गर्ने निर्णय गरिउको जनाएको छ ।

कम्पनीको बेबी पाउडरमा प्रयोग हुने ट्याल्क संसारको सबैभन्दा नरम खनिज हो । यो धेरै देशमा बनाइन्छ । यो व्यापक रुपमा कागज, प्लास्टिक र औषधिसहित धेरै उद्योगमा प्रयोग गरिन्छ ।

यो पाउडर न्यापी रास र व्यक्तिगत स्वच्छताको अन्य प्रकार मा प्रयोग गरिन्छ । कहिलेकाहीँ यसमा एस्बेस्टोस हुन्छ । जसले शरीरमा क्यान्सर निम्त्याउन सक्छ ।


प्रतिक्रिया दिनुहोस्