प्रशिक्षक माउरिन्होले भने पोग्बाको प्रदर्शनमा एकरुपता जरुरी

म्यानचेस्टर, बैशाख / म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले अभ्यासमा एकरुपताको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक जोजे माउरिन्होले यो सिजन उनलाई कतिपय ठूला खेलमा पनि मौका दिएनन् । माउरिन्होले साताभरको अभ्यास गर्ने प्रदर्शनकै आधारमा सुरुवाती ११ छान्ने बताउँदै आएका छन् ।

पोग्बाले पछिल्लो समय प्रदर्शनमा सुधार गरेपछि युनाइटेडको सुरुवातमा पर्ने सम्भावना बढाएका छन् । यद्दपी यसअघि उनी सेभिल्ला र लिभरपुल जस्ता टोलीसँगको खेलमा पनि पहिलो रोजाईमा पर्न सकेका थिएनन् । पछिल्लो पटक म्याचेस्टर डर्बीको खेलमा उनले सिटीविरुद्ध २ गोल गर्दै फर्ममा फर्केको संकेत गरेका थिए । प्रशिक्षक माउरिन्हो पोग्बाले एकरुपताको प्रदर्शनलाई कायम राख्न सकुन् भन्ने चाहन्छन् ।
प्रिमियर लिगमा आइतबार घरेलु मैदानमा वेस्टब्रुमसँग हुने खेलमा २५ वर्षेले फान्सेली स्टार पहिलो रोजाईमा पर्ने सम्भावना छ ।

‘सिटीको खेलपछि मैले उनलाई भनेको थिए । हरेक पटक म्यान अफ दी म्याचको प्रदर्शन वा हरेक साता २ गोल गरुन् भन्ने अपेक्षा राख्दिन,’ माउरिन्होले भने,‘ तर, एउटा अवस्थासम्म प्रदर्शनमा एकरुपता भने आवश्यक पर्छ भनेको छु ।’एकरुपताको प्रदर्शन गर्न सहज नहुने उल्लेख गर्दै माउरिन्होले भनेका छन्, ‘ उनको सधै उच्च प्रदर्शन भएको छैन । कहिले काही खराब पनि भएका छन् । त्यसैले खेलमा स्थिरता आवश्यक छ । उनले जस्तो सिटीविरुद्ध प्रदर्शन गरे त्यसको अपेक्षा रहन्छ ।’ सोमबारदेखि शुक्रबार सम्म हुने अभ्यासले नै पहिलो रोजाईको छनोटमा प्रभाव पार्ने उनले स्पष्ट पारेका छन् ।

‘प्रदर्शनमा स्थिरता ल्याउनका लागि पहिला अभ्यासमा त्यो देखिनुपर्दछ  उनले थपे पछिल्लो केहि सातादेखि उनको मेहनतले काम गरेको छ । म उनीसँग खुसी छु । युभेन्ट्सबाट युनाइटेड पुगेयता यो सिजन उनको स्थान असुरक्षित भएको छ । ८९ मिलियन पाउन्डमा युनाइटेडमा आवद्ध उनले सन् २०१६ मा ५ गोलमात्र गरेर निराश पारेका थिए । एजेन्सी 


प्रतिक्रिया दिनुहोस्