आङबुहाङको अध्यक्षतामा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन प्रकाशित मिति : 31 July, 2022 7:34 am ताप्लेजुङ । दिपेशकुमार आङबुहाङको अध्यक्षतामा जिल्ला रेफ्री संघ तदर्थ समितिको गठन भएको छ । सदरमुकाम फुङलिङ स्थित एक होटलमा भएको भेलाले आङवुहाङको अध्यक्षतामा १२ सदसिय तदर्थ समिति गठन भएको हो । जिल्ला रेफ्री संघ तदर्थ समितिको उपाध्यक्षमा विश्वराज राई, महासचिवमा सन्तान मादेन र कोषाध्यक्षमा मौसम अन्छङ्वो रहेका छन् । यस्तै समितिमा मोतिहाङ थलङ, बिबश लिम्बू, प्रताप साँवा अपिल राई, मनोज लिम्बू, सञ्जित साँवा र बिपुल दाहाल सदस्य रहेको जिल्ला फुटबल संघका महासचिव दिनेश खवासले जानकारी दिए । जिल्ला रेफ्री संघमा टिकेन्द्र नेपाली संयोजक रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकार समितिमा शिवहरि निरौला, गीत पालुङवा र रगुन गोम्देन सदस्य रहेका छन् ।