मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, कस्तो छ ? प्रकाशित मिति : 27 July, 2022 8:11 am काठमाडौं । सरकारले स्विट्जरल्यान्डबाट प्राप्त हुने स्विस फ्र्यांक ७.४७ मिलियन (करिब ९५ करोड रुपैयाँबराबर) को अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । साउन ९ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त निर्णयबारे जानकारी गराएका हुन् । गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनका लागि उक्त अनुदान सहयोग सरकारले स्वीकार्ने निर्णय गरेको हो । सरकारले सबैका लागि दिगो खानेपानी तथा सरसफाइ सस्टेनुबलवास फर अल आयोजनाको लागि युरोपियन युनियनबाट प्राप्त हुने युरो १०.५ मिलियन (करिब १ अर्ब ३७ करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।