डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर्न चिकित्सक संघको माग प्रकाशित मिति : 28 June, 2022 10:56 pm काठमाडौं, १४ असार । डाक्टर कुट्ने प्रहरीलाई कारवाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । सोमबार विज्ञप्ती जारी गर्दै संघले डा. कुल बहादुर घिसिङलाई कुटपिट गर्ने ललितपुरका ट्रफिक प्रहरी राजेन्द्र थापालाई कारवाही गर्न माग गरेको हो ।सुरक्षाकर्मीबाट नै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सकमाथी गैर मानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भिर प्रश्न खडा भएको विज्ञप्तिमा बताइएको छ । साथै घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्चको भरणपोषण गर्नसमेत सरकारसमक्ष माग राखेको छ । त्यस्तै विज्ञप्तिमा भिनएको छ, यस्ता व्यक्तिलाई यथासक्य कानूनी कारवाही गरी नीज घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्चको भरणपोषण गराई शान्ति सुरक्षा कायम गर्न तथा भावि दिनमा यस्ता लज्जास्पद र गैरमानवीय कार्य नदोहोर्याउने परिस्थिति सिर्जना गर्न यस संघ सरोकारवाला निकाय, स्थानीय सुरक्षा निकाय, गृह मन्त्रालय एवं नेपाल सरकार समक्ष जोडदार माग गर्दछ । आसार १२ गते पैदल हिडिरहेको अवस्थामा डा. कुलबहादुर घिसिङमाथी सातदोबाटोका ट्राफिक प्रहरी राजेन्द्र थापाले कुटपिट गरेका थिए ।