याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता आयोजना गर्दै प्रकाशित मिति : 28 June, 2022 6:20 pm काठमाडौं, १४ असार। याक्थुङ युवा मञ्चले सिसेक्पा तङनाम फुटसल प्रतियोगिता २०७९ आयाोजना गर्ने भएको छ । युवाहरूलाई लक्षित गर्दै याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसरमा युवा मञ्चे काठमाडौंले ‘सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिता २०७९’ आयोजना गर्न लागेको हो । २०७६ को दोस्रो संस्करणका रातो जर्सिमा विजेता र सेतो जर्सिमा उपविजेता ताप्लेजुङ पत्रकार समाज काठमाडौंको टिम प्रतियोगिता आउँदो श्रावण ७ र ८ गते शान्तिनगर फुटसल खेलमैदानमा सञ्चालन हुने याक्थुङ युवा मञ्चकी काठमाडौं जिल्ला अध्यक्ष सङ्गीता सुहाङ लिम्बूले जानकारी दिइन् । उनले भनिन्, ‘न्याय, समानता, पहिचान, अस्तित्व रक्षा र युवा हकअधिकारको लागि वकालत गर्न साथै समुदायको हितमा अतिरिक्त क्रियाकलाप मार्फत सक्रिय बनाउन सोँच बनाएका हौँ ।’ २०७६ को दोस्रो संस्करणका उपविजेता ताप्लेजुङ पत्रकार समाज काठमाडौंको टिम प्रतियोगितामा सामेल हुन टिमले अतिरिक्त सहित सात खेलाडी उपलब्ध गराउनुपर्नेछ । साथै, टिममा कम्तीमा चार जना याक्थुङ लिम्बु समुदायका खेलाडी अनिवार्य हुनुपर्नेछ । प्रवेश शुल्क ३५,०० रूपैयाँ तोकिएको छ । विजेता टिमले ट्रफीसहित नगद ५५,५५५ रूपैयाँ जित्नेछन् । त्यस्तै उपविजेता टिमले ट्रफीसहित नगद ३३,३३३ रूपैयाँ हात पार्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफी सहित नगद पाँच हजार रुपैयाँ हात पार्नेछन्। खेल बिहान ९ बजेदेखि सञ्चालन हुनेछ । इच्छुक टिमले आयोजकका पदाधिकारीहरूलाई सम्पर्क गरेर टिम दर्ता गर्न सक्नेछन् । २०७५ मा भएको पहिलो संस्करणमा २८ टिम सहभागी भएका थिए । त्यस्तै, २०७६ को दोस्रो संस्करणमा तीन दर्जन टिम सहभागी थिए । यसपटक पनि राम्रो संख्यामा टिम र खेलाडीहरूको सहभागिता रहने मञ्चकी अध्यक्ष सुहाङले विश्वास व्यक्त गरिन् । याक्थुङ युवा मञ्चको स्थापना २०७१ मा भएको हो । फाइल तस्वीर