पेट्रोलको मूल्य प्रतिलिटर १९९ रूपैयाँँ पुग्यो प्रकाशित मिति : 20 June, 2022 8:02 am काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ भारी वृद्धि गरेको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर १९९ रूपैयाँँ डिजेल र मट्टितेल प्रतिलिटर १९२ रूपैया पुगेको छ । निगमले पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको हो ।