कञ्चनजंघा हिमालबाट १५ टनभन्दा बढी फोहोर संकलन

काठमाडौं । युनिलिभर नेपालले ‘सफा हिमाल अभियान–२०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ ।

कञ्चनजंघाको सफाइमा ध्यान केन्द्रित गर्दै टोलीले आफ्नो अभियान २०७९ वैशाख २ गतेबाट सुरु गरी २०७९ जेठ १६ गते सम्पन्न गरको थियो । टोलीले सफलतापूर्वक ३।०२ टन जैविक र १२।३५ टन अजैविक फोहोर संकलन गरेको घोषणा गर्न पाएकोमा युनिलिभर नेपाल गौरवान्वित छ ।

४५ दिने अभियानका क्रममा कञ्चनजंघा हिमालबाट जम्मा १५।३७ टन फोहोर संकलन भएको थियो । सन् २०४० सम्म हालको अनुपातमा दोब्बर मात्रामा प्लास्टिक उत्पादन हुनेहुँदा प्लास्टिकजन्य प्रदूषण संकट अझ बढ्ने अनुमान गरिएको छ । यसको समाधान भनेको राष्ट्रहरुले प्लास्टिकको प्रयोग कसरी गर्छन् ।

पुनः प्रयोग गर्ने र अन्ततः प्लास्टिकको प्रयोगलाई कम गर्ने तौरतरिकामा परिवर्तन गर्नु हो । यस अभियानको क्रममा संकलित प्लास्टिकको पुनः प्रयोग सुनिश्चित गर्न युनिलिभरले रिसाइक्लिङ साझेदारहरुको रुपमा अभ्नी भेन्चर प्रालिसँग पनि समन्वय गरेको छ ।

मौसममा आएको परिवर्तनका कारण झेल्नुपरेका विभिन्न चुनौतीको सामना गर्दै टिम कञ्चनजंघाले फोहोर संकलनमा तीव्रता दिएर लक्षित फोहोर लक्षित समय अघि नै संकलन गरेको थियो । पूर्ण समर्पित टीमले संकलन जारी राख्यो र आफ्नो लक्ष्यको १५० प्रतिशतभन्दा बढी फोहोर संकलन गर्न सक्षम भएको छ ।

यो पहल युनिलिभरको ब्रान्ड सर्फ एक्सेलबाट प्रेरित थियो जसले ‘फोहर राम्रो छ’ को नारालाई सार्थक तुल्याउँछ । पेशागत पर्वतारोही र नेपाली सेना सदस्यहरु सम्मिलित माउन्टेन एक्सपिडिसन टोलीले हिमाल सफा गर्न आफ्नो कपडाहरु फोहर हुन दिएका थिए। युनिलिभर इन्टरनेसनलले यस प्रयासलाई सहयोग गर्नका लागि साझेदारी गरेको हो ।

हिमालहरुलाई आउँदो पुस्तासम्मका लागि सुन्दर र आकर्षक बनाइराख्नका लागि सानो भूमिका खेल्न पाएकोमा युनिलिभर नेपाल गौरवान्वित छ । यस अभियान मार्फत युनिलिभर नेपालले वातावरणप्रति आफ्नो प्रतिवद्धतालाई पुनः पुष्टि गरको छ र ‘विश्वलाई उत्तम दिगो साझा स्थान’ बनाउने आफ्नो प्रतिबद्धतालाई कायम राखेकोे छ ।


प्रतिक्रिया दिनुहोस्