उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ : भीम रावल प्रकाशित मिति : 6 June, 2022 10:27 am काठमाडौं । नेकपा एमालेका नेता डा. ले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् । नेता घनश्याम भुसालप्रतिको कारबाही प्रकरणप्रति सङ्केत गर्दै नेता रावलले उल्टो बाटो हिँड्दा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन् । साथै उनले देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको पनि बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सोमबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘यसका लागि आगामी चुनाउ जित्नु पर्छ । कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ ।’ यसअघिले पनि भुसाललाई कारवाहीका लागि अनुशासन आयोगले गरेको कारबाहीलाई आवेश र उत्तेजनाको प्रतिक्रिया भनेका थिए । ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्याउँदैन । फेरि पनि बादे बादे जायते तत्त्व बोध !’ सचिव भट्टराईले लेखेका थिए ।