काठमाडौं महानगरपालिकाका नवनिर्वाचित महानगर प्रमुख बालेनलाई पुर्व वडाअध्यक्ष बरालको पत्र प्रकाशित मिति : 30 May, 2022 9:39 pm प्रिय बालेन,पाथिभरा देवीको गाउँ ताप्लेजुङबाट बधाई सहित सम्झना !मन्दिरै मन्दिरको शहर, जहाँ नेपाली अनि हिन्दुहरुले मात्र नभई विश्वको नजरमा प्राकृतिक मनोरम सुन्दरताले भरिएको मेरो जन्म भुमिको राजधानी काठमान्डूको नवनिर्वाचित महानगर प्रमुख, एक बिध्वत युवा जो योग्यता, ज्ञान, क्षमता अनि कुशलताले समेत भरिपुर्ण सवैको आषा, भरोषा र विश्वासको केन्द्र बिन्दु बन्नु भएको छ, हामी सबै नेपाली अवको युवाहरुले गर्ने शासनमा पूर्ण भरोषा राखेका छौ । सबैले आषा राखेका छौ तपाइको कार्यकाल अत्यन्तै सुखद अनि अविष्मरणीय रहनेछ ।कहिले कहिँ पारिवारिक र साना तिना कामले म काठमाडौँ आउने गर्दछु, त्येही परिवेशमा मेरो मनमा काठमाडौँमा केहि सुधार भए कती सफा अनि सुन्दर देखिन्थ्यो होला ? सायद मेरा यी सोचहरु कती सम्भव होलान कती असम्भवरु त्यो मैले झट्ट भन्न गाह्रो होला तर तपाई प्रमुख भएर आउदा म जस्तै लाखौ नेपाली जनताले यो समाजको आषा अनि भरोसाको एङ्गल (कोण) नै परिवर्तन गरिदिएको छ । आम महानगरबासी झैं दुरदराजको गाउँबाट मैले पनि तपाईबाट केहि अपेक्षा राखेको छु, सायद म जस्ता धेरै अपेक्षाकृतहरुको आवाज भएर तपाई सामु पुग्ने जमर्को गरेको छु ।मेरा अपेक्षाका बुँदाहरु:-सवैको घरमा पिउनयोग्य पानी प्रसस्त पुगोस,-कसैको घरको ढल नदिमा नमिसाईयोस्, -टेलिफोन, बिजुली र अन्य संचारका तारहरु जमिन मुनि ब्यबस्थापन होस्,– महानगरमा बनिने घरहरु कलात्मक अनि मापदण्ड सहितका मात्र बनाईयोस्,– राजनीतिक गन्ध आउने कर्मचारीहरु लाई राजनीति मै र नैतिकवान साथै क्षमतावान कर्मचारीहरुलाई मात्र महानगरमा काम गर्ने वातावरण मिलाउनु होला,– सरकारी र सामुदायिक बिद्यालयहरुलाई निजी बिद्यालय वा अझ स्तरिय बनाउनु होला,– नैतिक शिक्षा, संस्कृति, कला र नेपाली ईतिहासको बिषयमा अनिवार्य अध्यापन हुने वातावरण मिलाउनु होला,– निर्माणमा ढिला सुस्ती भै दिदा, लक्षित बर्ग समुहले समयमै पाउने सुबिधाबाट बन्चित हुनु पर्ने र ढिला गर्दै राज्य कोष दोहन गरिने प्रवृत्तिको जरै बाट उन्मुलन गर्नु होला,-आधारभूत आवश्यक्ताका परिधीलाई प्रथम फेजमा बैज्ञानिक तवरले सुधार गरि थप बिकासमा लम्किनु होला,-अशक्त, असहाय, आर्थिक कम्जोर बिरामीहरुको संरक्षक बनिदिनु होला,-सवैलाई समान कानुन लागु गरिदिनु होला,-युवाहरुलाई यथोचीत रोजगारी सृजना गर्नु होला ताकि हाम्रा युवाहरु स्वदेशमै रमेर बस्न सकुन्,-आर्थिक बिपन्न परिवारहरुको यकिन गरेर उनीहरुलाई नगद जिन्सी सहयोग हैन, आर्थिक उपार्जनका बाटाहरु मिलाईदिनुस ताकि तपाइको पाँच बर्षे कार्यकालमा ति परिवारको बार्षिक आम्दानी ३ लाख नाघोस्,-तपाईलाई हिजो को र आज कै बालेनको रुप र शालीनतामा अवको पाँच बर्ष पछि पनि उस्तै देख्न पाउ । कहिँ कतैको हिलोको बाछिटाले तपाईलाई दाग नलगाई अर्को आउने निर्वाचनमा सयौ बालेन जन्मिउन र यो मुलुकका बिकास र समृद्धिका भोका नेपाली जनताको भोक मेट्न सकुन । फेरी पनि सफल कार्यकालको शुभकामना सहित बिदा लिए !तपाइको दाई !तारा बरालपुर्व वडाअध्यक्षफुङ्लिङ नगरपालिका –०९, हाङ्देवाताप्लेजुङ !