निजगढ विमानस्थलबारे सर्वोच्चको फैसला मुलुकको सम्मृद्धिको यात्रामाथि बलत हस्तक्षेप : योगेश भट्टराई प्रकाशित मिति : 27 May, 2022 8:20 am काठमाडौं । पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतले गरेको फैसलालाई ‘घातक र प्रतिगामी’ संज्ञा दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै भट्टराईले यो विमानस्थल नेपालको हवाई उड्डयनको गेम चेञ्जर आयोजना भएको बताएका छन् । सर्वोच्चको निर्णयबारे उनले भनेका छन्, ‘यो नेपालको हवाई उड्डयनको गेम चेन्जर आयोजना र त्यस मार्फत मुलुकको सम्मृद्धिको यात्रामाथिको बलत हस्तक्षेप हो ।’ उनले न्यायधीसहरुलाई यो निर्णय सच्याउन आह्वानसमेत गरेका छन् ।